युरोकपमा आज तीन खेल हुदै

युरोकपमा आज तीन खेल हुदै

  • शनिबार, जेष्ठ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ २९ जेठ । फ्रान्समा हिजोबाट शुरु भएको यूरोकप २०१६ अन्तर्गत आज तीन वटा खेलहरु हुदै छन् ।
पहिलो खेलमा अल्बानियाबिरुद्ध स्वीट्जरल्याण्ड मैदान उत्रिदैछ । खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ ।
यस्तै राति पौने ९ बजे हुने अर्को खेलमा स्लोभाकिया र वेल्सबीच प्रतिस्पर्धा हुनेछ भने राति पौने एक बजे हुने खेलमा इङ्ल्याण्ड र रसिया भिड्दै छन् ।

यस अघि आयोजक फ्रान्सले युरोकप फुटबलमा बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा फ्रान्सले आफ्नै भुमीमा रोमानियालाई २–१ ले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको हो ।

पेरिसस्थित स्टेड–डी फ्रान्स स्टेडियममा भएको खेलमा पहिलो हाफ दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए । रोमाञ्चक खेलको ५७औ मिनेटमा ओलिभर जिराउडले फ्रान्सको खाता खोलेका थिए ।

जिराउड जारी युरोकपमा गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । तर त्यसको ८ मिनेटपछि रोमानियाले पाएको पेनाल्टिको अबसरलाई सदुपयोग गर्दै बोग्डान स्टेन्कुले गोल गरेपछि खेल एकएकको बराबरीमा पुग्यो ।

त्यसपछि खेलको निर्धारित समय सकिन १ मिनेट बाँकि छदाँ फ्रान्सका दिमित्री पेयेटले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे । फ्रान्सका पेयेट म्यान अफ दि म्याच घोषित भए ।
जितसंगै फ्रान्स चार राष्ट्र रहेको समुह एको शिर्ष स्थानमा छ । फ्रान्सले आफ्नो दोश्रो खेलमा आगामी असार १ गते अल्बानियासंग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी