नयाँशक्ति नेपाल पार्टिको भोली औपचारिक रूपमा पार्टी घोषणा हुँदै 

नयाँशक्ति नेपाल पार्टिको भोली औपचारिक रूपमा पार्टी घोषणा हुँदै 

  • शनिबार, जेष्ठ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ, २९ जेठ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले भोली एक समारोहकाबीच दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ ।

भोली खुल्ला सत्र सन्चालन हुनेछ भने सोमबार र मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । बन्दसत्रले पार्टीका थप पदाधिकारीकोसमेत टुंगो लगाउने छ ।

कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट एकसााथ सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रंगाशालामा प्रवेश गर्ने छ । जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस् भनी पैदलमार्गको बाटोबाट जुलुस सन्चालन गरिने प्रवक्ता देवकोटाले बताउनुभयो ।

‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने तयारी सो पार्टीले गरेको छ । पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ ओटा उपसमिति गठन गरिएको छ । घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाटसमेत प्रतिनिधि आउने उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाईसमेत निम्तो गरिएको पार्टीले जनाएको छ ।

घोषणासभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, बामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौं आइपुगेको देवकोटाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ