जनताका जायज माग पूरा गर्न सरकार तयार : ओली

जनताका जायज माग पूरा गर्न सरकार तयार : ओली

  • शनिबार, जेष्ठ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

विराटनगर, २९ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका जायज माग संविधान संशोधन गरेर पूरा गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

विराटनगर–५ खार्जीमा रेडियो नेपालका संस्थापक स्वर्गीय तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले जनताका जायज माग वार्ता र सहकार्यबाट पुरा गर्न सरकार तयार रहेको बताउनुभएको हो ।

तत्काल वार्तामा आएर वर्तमान राजनितिक समस्या समाधान गर्न आन्दोलनरत मधेसी दललाई उहाँको आग्रह छ ।

यस्तै कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ नीति ल्याएर देशको सञ्चार क्षेत्रलाई मर्या्दित, जिम्मवार, उत्तरदायी र व्यवसायीक बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले सञ्चारग्राम निर्माणका लागी ७ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो । ८ करोड रूपैयाँको लागतमा निर्माण हुने सञ्चारग्राममा करिब ३ सय जना अट्ने हल, मिट द प्रेस हल बनाईने छ ।

त्यस्तै रेडियो नेपालको प्रशारण स्टुडियो, गीत रेकर्डिङ, क्षेत्रिय संग्रालय तथा गीत संगीतका कार्यक्रम सञ्चालन गर्ने कोठाहरु हुने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ