काठमाडौ, २९ जेठ ।
डोटीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पचनाली गाविस–६ की २० वर्षीया मीना साउद रहेको प्रहरीले जनाएको छ ।
गएराति साउदको घरमा एक्कासी बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जादा साउद ढलेको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
एक साता अघि मात्रै बिदामा घर आएकी साउद धनगढी, कैलालीमा अध्ययनरत विद्यार्थी हुन् । उनको दायाँ हातको पातामा गोली लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline