पैसा खाएर विद्यार्थीलाई घरैमा गएर क्रिश्चियन बनाउने मास्टर सहित सात पक्राउ

पैसा खाएर विद्यार्थीलाई घरैमा गएर क्रिश्चियन बनाउने मास्टर सहित सात पक्राउ

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

दोलखा, जेठ २८ । दोलखामा विद्यार्थीहरुलाई जबर्जस्ती क्रिश्चियन बन्न बाध्य पारेको आरोपमा दुईओटा बोर्डिङ स्कुलका सन्चालकसहित ७ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ परेका सातैजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरुमा माउन्ट भ्याली बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रकाश प्रधान, मोर्डन नेपाल स्कुलका प्रधानाध्यापक विमल शाही, क्रिस्चियन संस्था टिच नेपाल काठमान्डौंकी बनीता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोरखाका फिलिप तमाङ, दोलखाका किरण दाहाल र रामेछापका गाडी चालक भीमबहादुर तिवारी रहेका छन् ।

उनीहरुले क्रिश्चियन धर्मका अभियान चलाउनेहरुबाट नियमित रुपमा भत्ता खाने गरेको बताईएको छ । नियमित पैसा आउने भएकाले उनीहरु घर घरमा गएर यशुको गुनगान गाउदै यस धर्ममा लाग्न आग्रह समेत गर्दै आएको स्थानीयवासीको भनाई छ ।

उनीहरुमाथि प्रहरीले विद्यार्थी तथा स्थानीयहरुलाई जबर्जस्ती क्रिश्चियन धर्ममा लाग्न बाध्यपार्ने गरेको र घर पुगेर क्रिश्चियन धर्मसम्बन्धी पुस्तक बाँडेकोलगायतका आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ