तत्काल स्थानीय निकायको निर्वाचन मिति तोक्न नहुने प्रचण्डको भनाई

तत्काल स्थानीय निकायको निर्वाचन मिति तोक्न नहुने प्रचण्डको भनाई

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सुर्खेत, २८ जेठ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताउनुभएको छ ।

प्रेस सेन्टर सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन गर्न, मधेसी, थारु, आदिवासी जनजातिले उठाउँदै आएको मुद्धालाई सम्बोधन गर्न तथा पुर्न्निर्माणको लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको बताउनुभयो ।

माओवादी पार्टीको चाहाना एउटा सरकार गिराएर अर्को बनाउने नभई अहिले देखिएका समस्या समाधानको लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु रहेको उहाको भनाई थियो ।
स्थानीय, प्रादेशिक र संघीय निर्वाचन भएर नयाँ प्रतिनिधि सभा नआउँदासम्म प्रमुख दलहरुबिच एकता आवश्यक रहेकोमा प्रचण्डले जोड दिनुभयो ।

त्यस्तै मधेसवादी दलले उठाउँदै आएको मागप्रति लक्षित गदै उहाँले संविधान पुर्नलेखन सम्भव नभएको बताउनुभयो ।

स्थानीय निर्वाचनको सन्दर्भमा प्रचण्डले सरकारले राम्रो तयारी नगरी निर्वाचनको घोषणा गर्न नहुने भन्दै अहिलेकै अवस्थामा चुनाव सम्भव नभएको दाबी गर्नुभयो ।

स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनपछि मात्र स्थानीय निकायको चुनाव गराउँदा राम्रो हुने प्रचण्डले बताउनुभयो ।
माओवादी केन्द्रको छठौं प्रदेशस्तरीय एकता भेलालाई प्रशिक्षण दिनको लागि प्रचण्डसँगै उपाध्यक्ष नारायकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा, मात्रिका यादव, मणि थापालगायतका नेताहरु आउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ