ब्लड क्यान्सरका बिरामी रहेका मंगोल नेता गोपाल गुरुङको निधन

ब्लड क्यान्सरका बिरामी रहेका मंगोल नेता गोपाल गुरुङको निधन

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

Gopal_Gurung_2२८ जेठ, काठमाडौं ।
मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक अध्यक्ष एवं गणतन्त्रवादी नेता गोपाल गुरुङको आज विहान निधन भएको छ ।ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहनु भएका गुरुङको आज विहान निधन भएको गुरुङका सहयोगी बुद्धलाल मेचेले जानकारी दिनु भयो ।

ब्लड क्यान्सरका बिरामी रहेका गुरुङको उपचार एक महिना अघिदेखि अल्का अस्पतालमा भइरहेको थियो । संघीय गणतन्त्रवादी विचारका नेता गुरुङले आफूलाई ‘एन्टी करेन्ट’ धारको बताउने गर्दै आउनु भएको थियो ।

दार्जी्लिङमा जन्मेर इलाममा बसोबास गर्ने ८१ वर्षीय गुरुङ पञ्चायतकालदेखि नै संघीय गणतन्त्रको वकालत गर्थे । हिडन फ्याक्ट इन नेप्लिज पोलिटिक्स (नेपाली राजनीतिका अनदेखा सच्चाइ) नामको पुस्तक लेखेर काठमाडौंमा जेल परेका उनले ‘मंगोल नेशनल अर्गनाइजेसन’ नामको पार्टी खोल्नु भएको थियो ।

मंगोल जातिको वकालत गरे पनि गोपाल गुरुङ तमुवान, लिम्बुवानजस्ता जातीय राज्यको विपक्षमा थिए । संघ र प्रदेशहरुको नाम जातीय आधारमा नभई नदीनाला र भूगोलका आधारमा राखिनुपर्ने उनको दृष्टिकोण थियो ।
गुरुङका एकमात्र छोरा अष्ट्रेलियामा छन् । भोली उनी काठमाडौं आएपछि गुरुङको अन्तेष्टि गरिने मेचेले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ