काठमाडौ २८ जेठ ।
कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तरगत आज बिहान भएको खेलमा भेनेजुएलाले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको छ ।समूह सी अन्तर्गत फिलाडेलफियामा भएको खेलमा भेनेजुएलाका लागि सलोमन रोन्डनले ३६ औ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।
हारसँगै प्रतियोगिातको सर्वाधिक सफल टोली उरुग्वे समुह चरणबाटै बाहिरिएको छ । १५ पटकको कोपा अमेरिका च्याम्पियन उरुग्वे दुई खेलबाट एक अंक पनि जोड्न नसकी बाहिरिएको हो ।जीत सँगै भेनेजुएला भने प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
यस्तै प्रतियोगिता अन्तरगत आजको दोस्रो खेलमा जमैका पराजित भएकोे छ । जमैका मेक्सिकोसँग २–० गोल अन्तरले पराजित भएको हो ।
मेक्सिकोले खेलकोे १८ औं मिनेटमा जेभियर हर्नान्डेजको गोलबाट अग्रता लिएको थियो भने खेलको ८१ औ मिनेटमा ओरिवे पेराल्टाले गोल गरे ।यस सँगै मेक्सिको खेलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।