काठमाडौ, २८ जेठ ।
राजधानीको भृकुटि मण्डपमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आजदेखि बृहत शैक्षिक मेला आयोजना गर्दैछ ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको बारेमा परामर्श दिन मेला गर्न लागेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।
सोमबार सम्म चल्ने मेलामा परामर्श दिने संस्थाहरुको स्टल दुई सय २५ हुनेछ । त्यस्तै २५ वटा पेभिलियन पनि हुनेछ । बमेलाले व्यवसाय प्रबद्र्धन गर्ने र सरोकारवाला अभिभावक, विद्यार्थीलाई सुचित गराउने मुख्य उद्येश्य राखेको छ ।
बिगतको मेलामा विदेशी शिक्षण संस्थाले सिधै स्टल राख्ने गरेको भए तापनि यस मेलामा यसपालि भने इक्यान सदस्य मार्फत मात्रै स्टल राख्न पाउने नयाँ व्यवस्था गरेको छ । मेलामा अष्ट्रेलियाको १८ वटा, न्यूजिल्याण्डको आठ वटा शैक्षिक संस्था रहनेछ ।