काठमाडौ २८ जेठ ।
ललितपूरमा आज सिठी नखः पर्व मनाइदैछ । यो पर्व नेवार समुदायले मनाउने ४४ वटा चाड मध्येको एक महत्वपूर्ण पर्व हो ।
पर्वका अवसरमा ढुंगेधारा, इनार, कुवा र पोखरीको सरसफाइ गर्ने गरिन्छ । पर्वलाई ललिपूर उपमहानगरिपालिकाले एक सातासम्म विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेको छ ।
प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने यो पर्वलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ । यस पर्वमा कुमारको पूजा गर्नुका साथै चामलको पिठोको रोटी, मासको बारा, केराउको बारा लगायत खानेकुरा खाने गर्दछन्
पानीको स्रोतहरु सफा गरी पूजा गरेमा सफा पानी आउने र खेतीको भरमा बाँच्नु पर्ने नेपालीलाई रोेपाईलाई पुग्ने गरी पानी पर्ने जनविश्वास रहिआएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline