युरोकप फुटबल प्रतियोगिता आजदेखि हुदै ,उद्घाटनमा फ्रान्स र रोमानिया भिड्ने

युरोकप फुटबल प्रतियोगिता आजदेखि हुदै ,उद्घाटनमा फ्रान्स र रोमानिया भिड्ने

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ,२८ जेठ ।
uro-cup-2016.jpgमिनि विश्वकपका रुपमा हेरिएको युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता युरोकप २०१६ आजदेखि सुरु हुदैछ ।

फ्रान्सको सेन्ट डेनिसस्थित स्टेड डे फ्रान्समा नेपाली समय अनुसरा आज राति पौने एक बजे भव्य समारोहकाबीच प्रतियोगिताको उद्घाटन हुदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक फ्रान्स र रोमानियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीच हुने पहिलो खेल रोमान्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको १५ औं संस्करण अन्तरगत युरोपका विभिन्न राष्ट्रका गरी २४ टोलीको सहभागीता रहनेछन् । टोलीलाई विभिन्न ६ समुहमा विभाजन गरिएको छ ।

लिग चरणको समाप्तीपछि समाप्तिपछि समुहका शिर्ष टोली क्वार्टर फाइनलमा पुग्नेछन् । समुहको तेस्रो टोलीमध्ये शीर्ष चार टोलीले पनि अन्तिम आठमा स्थान बनाउनेछन् ।

यसैबीच आतंकावादी आक्रमणको चेतावनीकाबीच हुन लागेको प्रतियोगितालाई मध्यनजर गर्दै फ्रान्सले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

फ्रान्सको पर्यटकीय क्षेत्र, बस स्टप, व्यापारिक मल, फ्यान जोन लगायत रंगाशाला आसपासका क्षेत्रमा बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

सन् २०१५ को जनवरीमा भएको पेरिस आक्रमणपछि त्यहाँ नियमितरुपमा १० हजार सैनिक परिचालन गरिदै आएकोमा एक हजार दुई सय सुरक्षाकर्मी र तीन हजार प्रहरी बढाएको जनाएको छ ।

यस्तै प्रशिक्षण हुने र खेल आयोजना हुने हरेक रंगाशालमा हवाई उडान निषेधित क्षेत्र घोषणा गरिएको युरोकपका सुरक्षा प्रमुख जियाद खौरीले जानकारी दिएका छन् ।

समूह
• समूह ए: फ्रान्स, रोमानिया, अल्बानिया र स्वीजरल्याण्ड
• समूह बी: इंग्ल्याण्ड, रुस, वेल्स र स्लोभाकिया
• समूह सी: जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड
• समूह डी: स्पेन, चेक रिपब्लिक, टर्की र क्रोएसिया
• समूह इ: बेल्जियम, इटाली, आयरल्याण्ड र स्वीडेन
• समूह एफ: पोर्चुगल, आइसल्याण्ड, अस्ट्रिया र हंगेरी

तालिका

khel-talika

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी