माओवादीको नेपाल बन्दको लुम्बिनीमा पूर्ण प्रभाव , ५ बजेपछि बन्द खुल्यो 

माओवादीको नेपाल बन्दको लुम्बिनीमा पूर्ण प्रभाव , ५ बजेपछि बन्द खुल्यो 

  • बिहिबार, जेष्ठ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

शिव डुम्रे/ बुटवल ,जेष्ठ २७ ।
विप्लव नेतृत्वको नेकपा माओवादीको नेपाल बन्द लुम्बिनी अञ्चलका छ जिल्लामा पनि पूर्ण रुपमा प्रभाव परेको छ । बन्दमा यातायात व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, बैंक तथा वित्तिय संघ संस्था पूर्ण रुपमा बन्द रहेका थिए ।
देशको भ्रष्टाचार, कालोबजारी, तस्करी महंगी रोक्न दबाबसहित र आफ्ना पक्राउ परेका कार्यकर्ताको रिहाईको माग सहित नेकपा माओवादीले विहिवार आयोजना गरेको एक दिने नेपाल बन्द लुम्बिनीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको नेकपा माओवादीका केन्द्रिय सदस्य एवंम लुम्बिनी व्यूरो ईन्चार्ज विरजंगले बताए ।
उनले देशको भ्रष्टचारी, कालोबजारी मौलाउँदा समेत सरकारले नियन्त्रणमा चासो नदेखाएको तर त्यस्ता भ्रष्टाचारीलाई जनताको रोहवरमा कारावाही गर्दा सरकारले आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा माओवादीको नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।
66261774-d230-4903-82a8-3434d55fe974
सरकारले विना कारण आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको भ्रष्टाचार र तस्करीलाई प्रश्रय गरेको, जनयुद्ध कालिन मुद्धा व्यूताएको, देशको राष्ट्रियतामा विदेशको ठाडो हस्तक्षेप रहेको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले विभिन्न व्यूरो बन्द पश्चात विहीवार नेपाल बन्दको आयोजना गरेको थियो ।
बन्दमा सामान्य छिटफुटका घटनाबाहेक लुम्बिनीका रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीमा अप्रिय घटना नघटेको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ