आधा दर्जन बढी बन्द कार्यकर्ता विभिन्न ठाउबाट पक्राउ

आधा दर्जन बढी बन्द कार्यकर्ता विभिन्न ठाउबाट पक्राउ

  • बिहिबार, जेष्ठ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं २७ जेठ

13393548_1054701451284295_258490497_nबिप्लब नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित बनेको छ । बन्द गराउदै हिडेका आधा दर्जन बढी कार्यकर्ता पक्राउ परेको माओवादीले जनाएको छ ।

काठमाण्डौको कंलकिबाट ट्रेड युनियन महासंघको अध्यक्ष योगेद्र कुमाल ,बिष्णु अधिकारी, रविन खत्री लगाएत छ जना नेता तथा कर्यकर्ता पक्राउ परेको केन्द्रिय सदस्य माईला लामाले जानकारी दिनुभयो ।

उता बालाजुबाट बिद्यार्थी नेताहरु मिन चलाउने ,सुमन अधिकारी ,चन्द्र बुढा ,रजमान तामाङ र मजदुरका सागर तिमल्सिना र खगेन्द्र मैनालीलाई पनि नियन्त्रणमा लिएको बताईएको छ ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कोशी बिउरो संयोजक नबराज भटराइ, मोरोङ जनसत्ता प्रमुख दिपक र इटहरी नगर इन्चार्ज बिक्रम लगायत कोशी बिउरोबाट आधा दर्जन नेता तथा कर्याकर्ता पक्राउ परेको माओवादीले जनाएको छ । भक्तपुर जिल्ला जनपरीसद प्रमुख कृष्णराम खड्का सल्लाघारी बाट पक्राउ परेका छन् ।

यता रत्नपार्कबाट जन गणतान्त्रिक सम्पर्क मन्चका राजु कार्की सहित १० जना पक्राउ परेको जनाईएको छ । यसैगरी कलङकीबाट काठमाण्डौ जिल्ला पाटीका ईलाका नम्बर ८ का सेक्रेटरी बिजयलाई पनि नियन्त्रणमा लिएको छ ।

यसैबीच , प्रहरीले भने अहिलेसम्म उपत्यकाबाट २२ जना पक्राउ परेको जनाएको छ । नेपाल प्रहरीका उपत्यका प्रवक्ता एसपि प्रघुम्न कार्कीका अनुसार उपत्यका बिभिन्न स्थानबाट बन्द गराउदै हिडेको अवस्थामा २२ जनालाई नियन्त्रण लिईएको छ ।

उपत्यकामा अघिल्लो भन्दा यो पटक बन्दको प्रभाव बन्दको प्रभाव परेको भन्दै एसपि कार्कीले कुनै अप्रिय घटना घट्न नदिन सुरक्षा ब्यावस्था चुस्त र कडा पारेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ