कोपा फुटवलमा ब्राजिलको शानदार जीत, काउटिन्होको हृयाट्रिक

कोपा फुटवलमा ब्राजिलको शानदार जीत, काउटिन्होको हृयाट्रिक

  • बिहिबार, जेष्ठ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जेष्ठ २७ काठमाण्डौं ।

bazilअमेरीकामा जारी कोपा अमेरीका फुटवल कपमा आज विहान भएको खेलमा ब्राजिलले शानदार जित निकालेको छ । ब्राजिलले हाइटीलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

फिलिप काउटिन्होले हृयाट्रिक गरेपछि कोपा अमेरिका फुटबलमा ब्राजिलले हाइटीमाथि गोलको वर्षा नै गरेको छ । कोपा अमेरिकामा यो ब्राजिलको पहिलो जित हो । यसअघि पहिलो खेलमा उसले बराबरी खेलेको थियो ।

फ्लोरिडाको क्याम्पिङ वल्र्ड स्टेडियममा भएको खेलमा ब्राजिलले १४ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा काउटिन्होले नै अग्रता दोब्बर पारे ।

खेलको ३५ औं मिनेटमा अगस्टोले गोल परेपछि पहिलो हाफ्रमा ब्राजिलले ३ –० को अग्रता लियो । ५९ औं मिनेटमा गाब्रिअल र ६७ औं मिनेटटमा लुकास लिमाले गोल गरे ।

७० औं मिनेटमा हाइटीका मार्से्लिनले गोल गरे । तर, ८६ औं मिनेटमा अगस्टोले व्यक्तिगत दोस्रो गोल गरे भने अन्तिमा काउटिन्होले हृयाट्रिक पुरा गरेपछि ब्राजिल ७–१ ले विजयी भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी