भोलि २७ गते बिप्लब माओवादीद्धारा नेपाल बन्दको घोषणा , पक्राउ परेका नेता–कार्यकर्तालाई निसर्त रिहा गर्न माग

भोलि २७ गते बिप्लब माओवादीद्धारा नेपाल बन्दको घोषणा , पक्राउ परेका नेता–कार्यकर्तालाई निसर्त रिहा गर्न माग

  • बुधबार, जेष्ठ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौं,२६ जेठ ।

बिप्लब नेतृत्वको नेकपा माओवादीले भोली जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको छ ।झुठा आरोपमा पार्टीका नेता तथा कार्यकर्तालाई बिना शर्त रिहाईको माग गर्दै माओवादीले बन्दको आह्वान गरेको हो ।

देशमा बढिरहेको स्वाधीनतामाथिको बाह्य हस्तक्षेप, सीमा अतिक्रमण, कालो बजारी, महङ्गी, भ्रष्टचार, दलालीकरणलगायत देश र नागरिकसँग सरोकार राख्ने विषयलाई लिएर  नेकपा माओवादीले संघर्ष गर्दै आइरहेको छ ।

देश र नागरिकसँग सरोकार राख्ने विषयमाथि सरकारले प्रोत्साहन र संरक्षण गरेको भन्दै त्यसविरुद्ध संघर्ष गर्ने क्रममा नेकपा माओवादीका दर्जनन्दा बढी कार्यकर्तालाई सरकारले प्रहरी लगाएर गिरफ्तार गर्ने, आतंकित पार्ने, झुठा मुद्दा लगाएर फसाउने र जेल हाल्ने हर्कत जारी राखेपछि त्यसविरुद्ध माओवादीले बिहीबारको नेपाल बन्दको घोषणा गरिएको माओवादीले जनाएको छ ।

प्रहरीप्रशासनले देशभर आफ्ना पार्टीका दर्जन नेता तथा कार्यकर्तालाई गिरफ्तारपश्चात झुठा आरोपमा राखिएकोप्रति आपत्ति जनाउँदै निसर्त रिहा गर्नुपर्ने माग समेत राखे बन्दको आयोजना गरिएको छ ।

माओवादीद्वारा जारी विज्ञप्तिअनुसार नेकपा माओवादीका झापा जिल्ला पार्टी सक्रेटरी एवं राष्ट्रिय जनस्वयम् सेवकका केन्द्रीय महासचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शमालाई प्रहरीले गिरफ्तारपछि विभिन्न मुघा लगाएर हिरासत र जेलमा राखिएका छन् ।

त्यसैगरी धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललागयत दर्जनभन्दा बढी नेता कार्यकर्तालाई हिरासत र जेलमा महिनौंदेखि राखिएका छन् । उनीहरु बिनासर्त रिहा गर्नुपर्ने माग नेकपा माओवादीको छ ।

साथै भोलि २७ गतेको बन्द फिर्ता भएको भन्ने हल्लामा कुनै सत्यता नभएको माओवादीले जनाएको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले भोलिको २७ को बन्द यथावत रहेको जानकारी दिए ।

‘नेकपा माओवादीले घोषणा गरेको भोलिको २७ गतेको नेपाल बन्द कार्यक्रम कायम छ ।लामाले  बन्द फिर्ता लिएको भन्ने हल्लाको पछाडि नलाग्न र बन्द सफल पार्न जनसमूदायमा अपिल पनि गर्नुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ