शुक्रबारबाट नेदरल्याण्ड्सविरुद्धको खेलको तयारीमा जुट्दै नेपाली टोली

शुक्रबारबाट नेदरल्याण्ड्सविरुद्धको खेलको तयारीमा जुट्दै नेपाली टोली

  • बुधबार, जेष्ठ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं ,२६ जेठ ।

आईसीसीले हालै मात्र पत्र पठाएर नेदरल्याण्ड भ्रमणको तयारी थाल्न निर्देशन दिएपछि नेपाली क्रिकेट टोलीले शुक्रबारबाट नेदरल्याण्डविरुद्धको खेलको तयारी थाल्ने भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनपसीप अन्तर्गत नेपालले साउन अन्तिममा नेदरल्याण्डसँग खेल्दैछ । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आफैंले नेपाली टोली हेरिरहेको छ ।

आईसीसीले हालै मात्र नेदरल्याण्ड भ्रमणको तयारी थाल्न निर्देशन दिँदै भावना घिमिरेलाई स्थानीय संयोजक तोकेको थियो ।आईसीसीको पत्र आएपछि शुक्रबारबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको घिमिरेले बताइन् ।

बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाइएको छ । वैशाख पहिलो साता काठमाडौंमा नामिबियाविरुद्ध खेल्दा टोलीमा रहेका १४ र चार बैकल्पिक खेलाडी स्वतः बन्द प्रशिक्षणमा परेका छन् ।

नामिबियाविरुद्ध खेल्दा नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शदर भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, राजेश पुलामी, राजु रिजाल, सुशन भारी र सन्दीप लामिछाने टोलीमा थिए । विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल बैकल्पिकमा थिए ।

अरु ६ जनालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।
तयारीका क्रममा नेपाली टोली जुलाई १२ मा बेलायत जानेछ । १९ तारिखमा एमसीसीविरुद्ध लर्डसमा एक खेल हुनेछ भने बाँकी केही खेल स्थानीय टीमसँग खेल्ने नेपालको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी