काठमाडौं,जेठ २६
सशस्त्र प्रहरीले सप्तरीको झुटकी गाविसबाट हतियारसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाका महदेवा निवासी ३५ बर्षीया रमेश यादव छन् ।
उनको साथबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा प्रयोग हुने तीन राउण्ड गोली, कार्वनको मोवाइल एक थान तथा नेपाली सिम कार्ड एनसेलको एक थान र भारतीय एयरटेलकोएक थान सिम बरामद भएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ ।
सशस्त्र प्रहरी बल दन्तकाली गण तथा सशस्त्र प्रहरी पोष्ट बनैनियाँबाट हिजो राति खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा चेक प्वाइन्ट थापेर चेकजाँज गर्दा पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline