काठमाडौ २६ जेठ ।
वर्षासँगै पहिरो खसेपछि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक आज बिहानदेखि सुचारु भएको छ ।
बिहान ३ बजेदेखि बाटो खुलेको ट्राफिक प्रहरीले जनाएको छ । सडक सुचारु भएसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले सवारीको चाप छ ।
बाटो बिस्तारको काम भइरहेकाले यो सडकखण्डमा हल्का पानी पर्दा समेत पहिरो खस्ने गरेको छ । दिनहुँजसो पहिरो खसेर बाटो अवरुद्ध हुने हुँदा यो सडक हुदै यात्रा गर्ने यात्रु मर्कामा परेका छन् ।
बाटो बिस्तारका लागि भन्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुने र राति यात्रा गर्न पनि पहिरोका कारण कठिनाई हुने गरेकाले यात्रु तप समस्या पर्ने गरेका छन् ।
बाटो बिस्तारले गर्दा जमिन थर्किएकाले ठाउँ ठाउँमा पहिरो जाँदा बाटो खुलाउन पनि कठिनाई हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline