जेष्ठ २६ काठमाण्डौं ।
अमेरीकामा जारी कोपा अमेरीका फुटवल कपमा आजको दोस्रो खेलमा कोलबियाले पाराग्वेलाई २–१ को गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको खेलमा पाराग्वेलाई हराउँदै कोलम्बियाले कोपा फुटबलको क्वाटर फाइनलको स्थान सुरक्षित गरेको छ।
कोलम्बियाले खेलको १२ औं मिनेटमै बाक्काको गोलबाट सुरुवाती अग्रता लियो। खेलको ३० औँ मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
पाराग्वेका लागि खेलको ७१ औं मिनेटमा भिक्टर ह्युगोले सान्तोना गोल फर्काए। खेलको ८१ औं मिनेटमा रोमेरियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिम ९ मिनेट पाराग्वे १० खेलाडीमा सीमित भएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline