जेष्ठ २६ काठमाण्डौं ।
अमेरीकामा जारी कोपा अमेरीका फुटवल कपमा आजबाट दोस्रो चरणको खेलहरु सुरु भएका छन् । हिजोबाट पहिलो चरणको खेल सकिए पछि आज बाट दोस्रो चरणको खेल सुरु भएको हो ।
आज भएको दोस्रो चरणको खेलमा आयोजक अमेरीकाले पहिलो जीत दर्ता गराएको छ । अमेरिकाको सिकागोमा भएको खेलमा अमेरिकाले कोस्टारीकालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
खेलको ९ औँ मिनेटमै क्लिन्ट डेम्सेको गोलबाट अमेरिकाले सुरुवाती अग्रता लिएको थियो। यस्तै खेलको ३७ औँ मिनेटमा जोन्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ४२ औँ मिनेटमा उडले गोल गरेपछि अमेरिका पहिलो हाफमै ३–० को अग्रता लिन सफल भयो।
त्यस्तै दोस्रो हाफको ८७ औँ मिनेटमा ग्राह्म जुसीले गोल गरेपछि अमेरिका ४–० ले विजयी भयो। अमेरिकाको दुइ खेलमा यो पहिलो जीत हो ।
समूह एमा रहेको अमेरिका दुई खेलबाट ३ अंकका साथ तालिकाको पहिलो स्थानमा छ भने कोष्टारियका अंकविहीन छ। यसै गरी आजको दोस्रो खेलमा कोलबिया र पाराग्वेबीच प्रतिस्पर्धा भइरहेको छ ।