अम्बर गुरुङ सांगीतिक आकाशमा तारा :प्रधानमन्त्री

अम्बर गुरुङ सांगीतिक आकाशमा तारा :प्रधानमन्त्री

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं ,२५ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय अम्बर गुरुङलाई ‘सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने’ ताराको संज्ञा दिनुभएको छ ।

गुरुङको निधनमा शोध सन्देश व्यक्त गर्दै आज प्रधानमन्त्री ओलीले गुरुङको देशभक्तिपूर्ण उचाइ नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथि पुगेको प्रधानमन्त्रीको बताउनु भयो ।

उहाले ‘नौलाख तारा उदाए’ गीतमा भरेको संगीतबाट स्वर्गीय गुरुङ स्वदेशमा मात्रै होइन, विदेशमा पनि चर्चाको केन्द्रमा पुगेको बताउनु भयो ।

उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले गरुङको निधनबाट नेपाली संगीत सिर्जनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीको शोक बक्तब्यमा भनिएको छ ,स्वर्गीय अम्बर गुरुङले पश्चिमा शास्त्रीय संगीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय संगीत र लोकभाकामा मिलाएर संगीत सिर्जनालाई दिनु भएको थियो । नेपाली सुगम संगीतलाई स्तरीय र समृद्ध बनाउन उहाँले गर्नुभएको योगदान नेपाली संगीतको क्षेत्रमा मानकका रुपमा स्थापित रहेको छ ।

यसैविच संगीतकार गुरुङको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागी अहिले कमलादिस्थित प्रज्ञा भवन परिसरमा राखिएको छ ।

संगीतकार गुरुङलाई एमाले बरिष्ठ नेता माधव कुमार नेपाल, कामु प्रधानन्यायाधिस शुसिला कार्कि, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्रि चित्र बहादुर केसि, उपराष्ट्रपति नन्दबहादुर पुन, बरिष्ठ संगीत्कार शम्भुजीत बास्कोटा, सुरेश अधिकारी, चण्डि प्रसाद काफ्ले, महेश खड्का, चेतन सापकोटा लगायत उहाँका आफन्त र संगीतकर्मिहरुले पुष्पगुच्च्छासहित श्रद्धाञ्जली अर्पण गरेका छन् । गुरुङको शव यात्रा ३ बजेदखि शुरु गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ