राजु बोहरा
काठमाडौं ।
बिक्रम सम्बत १९९४ मा भारतको दार्ज्लिंग्मा जन्मिनु भएका बरिष्ठ संगीतकार अम्बर गुरुङ ७९ वर्षको उमेरमा काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगबार बिहान २ बजे ३७ मिनेटमा निधन भएको छ । दार्जि्लिङमा १९९४ फागुन १४ मा बुवा उजिर सिंह गुरुङ र आमा रेनुका देवीको कोखबाट उहाँको जन्म भएको थियो ।
गायक , रचनाकार तथा संगीतकार अम्बर गुरुङ गणतान्त्रिक नेपालको राष्ट्रिय गानका सर्जक हुनहुन्छ ।उहाँले सन् १९६१ मा कलकत्तामा हिन्दुस्तान रेकर्डिङ कम्पनीमा अगम सिंह गिरीको शब्दमा ‘नौलाख तारा उदाए’ बोलको गीत आफ्नै संगीतमा गाएर उहाँले सांगीतिक यात्रा सुरु गर्नुभएको थियो । । 
पुख्यौली घर गोर्खा जिल्लामा रहेका गुरुङले आधुनिक सुगम तथा लोक सैलिका हजारौ गीतमा संगीत भरिसक्नु भएको छ ।
उहाँ द्वारा संगीत बद्ध गीतमा भजन सिरोमनि भक्तराज आचार्य , स्वर सम्राट नारायण गोपाल , स्वर सम्राज्ञी अरुण लामा , तारा देबी लगायतका नयाँ पुस्ताहरुले समेत स्वर भरिसकेका छन् ।
उहाँका चर्चित गीतमा स्वरसम्राट नारायण गोपालले गाएको मेरो आँखालाई राख्ने फूलबारी छैन, पोखिएर घामको झुल्का, प्रेमध्वज प्रधानले गाएको हाँस्ने रहरहरु अरुणा लामाले गाएको पोहोसाल खुसी फाट्यो , सहितका छन् ।
उहाँ आफैले गाएको उकाली चड्दा पसिना पुछ्ने, म दूर भएर के भयो सहितका गीत पनि चर्चित छन् । उहाँले रातो र चन्द्र सूर्यमा पनि संगीत दिनुभएको छ ।
राष्ट्रिय गानमा संगीत समेत भर्नु भएका संगीतकार गुरुङले ९ सय ९४ गीतमा संगीत दिनुभएको छ । उहाँले चलचित्रमा मनको बाँधमा पृष्ठ संगीत, जीवन रेखामा पाश्र्व संगीत तथा गीति नाटक मालती मङगले, मुना मदन, कुन्जिनी तथा नाटक फर्केर हेर्दा, जब घाम लाग्छमा पनि संगीत गर्नुभएको थियो ।
उहाँकै संगीतमा अरुणा लामा तथा रुद्रमणि गरुङले पहिलो पटक गीत गाएका थिए । उहाँ गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, शान्ति ठटालका गुरु हुनुहुन्छ ।
संगीतकार गुरुङले २०५४ सालमा नेपालमा क्वायर संगीतिक प्रस्तुति गर्नुभएको थियो । कहिले लहर कहिले तरंग तथा दोभान उहाँका चर्चित एल्बम हुन् ।
अम्बर गुरुङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति समेत हुनुहुन्थ्यो , उहाँले वि.सं. २०५४ सालको जगदम्बाश्री पुरस्कार, २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार गुरुङलाई प्रदान गरिएको थियो ।
नेपाली सेनाको सैनिक गीतमा संगीत दिनुभएका गुरुङलाई सेनाले ‘मानार्थ महासेनानी’को उपाधि दिएको छ । अम्बर गुरुङलाई सन् २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले ‘महासंगीतकार’ को उपाधि पाउनुभएको थियो ।
यस्तै संगीतकार अम्बर गुरुङलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले हरेक बर्ष सम्पन्न गर्ने बिन्ध्यबासिनी म्युजिक अवार्डको बिन्ध्यबासिनी लाइफ टाइम अर्चिभमेन्ट अवार्ड २०७० बाट पनि सम्मान गरेको थियो । त्यस्तै, सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलीङबाट सम्मानित हुनुभएको थियो ।
उहाँका बुबा र हजुरबुबा देवराज गुरुङ पनि सेनाका जागिरे हुनुहुन्थ्यो । लाहुरे समुदायमा हुर्किएर पनि आफु लाहुरे बनेर धेरै धन पैसा कमाउने सोच उहाँमा कहिले बनेन , मात्र नेपाली गित संगीतलाई धनि बनाउन आफ्नो जिबन समर्पित गर्नु भएको छ ।
अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । उहाँका किशोर राजु सरद र छोरी सहित तिन सन्तान छन् ।

संगीतकार गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई सात दिनअघि अस्पताल भर्ना गरिएको थियो ।स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो ।
श्वासप्रश्वाससँगै गुरुङको भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित हुनुहुन्थ्यो । 
आज हामीले नेपाली गित संगीतका एक धरोहर गुमेका छौं , उहाँको असमाहिक निधनले सिंगो देश रोएको अवस्थामा मृत आत्माको चिरशान्तिको कामना गर्दै मिरमिरे परिवार उहाँको शोक सन्तब्ध परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्दान्जली ब्यक्त गर्दछ ।