काठमाडौं, जेठ २५
कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज भएको समुह डी को खेलमा पानामाले बोलिभियालाई २–१ को गोल अन्तरले पराजित गरेको छ ।
पानामालाई खेलको ११ औं मिनेटमै ब्लास पेरेजले गोल गर्दै अग्रता दिएका छन् । ५४ औं मिनेटमा बोलिभियाका हुँवा कार्लोस आक्रेले एक गोल फर्काउँदै खेललाई बराबरीमा र्पुयाए ।
तर ८७ औं मिनेटमा ब्लास पेरेजले व्यक्तिगत दोस्रो गोल गर्दै पानामालाई विजयी गराए । जितसँगै पानामाले समुह डी बाट ३ अंक जोडेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline