दाङमा ट्रिपर दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

दाङमा ट्रिपर दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

  • मङ्लबार, जेष्ठ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ २५ जेठ ।
दाङमा ट्रिपर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

चुनढुङ्गा बोकेको रा १ ख ९२७ नम्वरको ट्रिपर गएराति सैघा–२ तोसमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा ज्यान जानेमा दाङ सैघा—२ का १९ वर्षीय अजय नेपालीको मात्रै परिचय खुलेको छ । चालक र सहचालकको भने सनाखत हुन बाँकी रहेको दाङका प्रहरी प्रवक्ता प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका खिमबहादुर सार्कीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ