सरकार परिवर्तन गर्नुपर्छ : जबरा

सरकार परिवर्तन गर्नुपर्छ : जबरा

  • सोमवार, जेष्ठ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

सुर्खेत, २४ जेठ।
सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकार परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

राप्रपा सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाट उहाँले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले सरकारको औचित्य सकिएको उल्लेख गर्नुभयो ।

ओली सरकारको कार्यशैलीप्रति असन्तुष्टी पोख्नु भएका उहाँले औपचारिक निर्णय नगरेपनि राप्रपा सरकार परिवर्तन गर्नु पर्छ भन्ने मान्यतामा रहेको उल्लेख गर्नुभयो ।
बहुसंख्यक हिन्दुहरुको भावना विपरीत नेपाललाई धर्म निरपेक्ष बनाइएको भन्दै जबराले धर्म निरपेक्षतालाई जनमत संग्रहबाट टुंग्याउनु बताउनुभयो ।

सरकारको नेतृत्व परिवर्तन बारे चर्चा चलिरहेको बेला उहाँले भद्र सहमतिको कुरा गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु नै कति भद्र छन् भनेर हेर्न सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ