काठमाडौं जेठ २४
अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा आज विहान भएको खेलमा जमैकालाई १–० गोल अन्तरले पराजित गर्दै भेनेजुएलाले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
समूह सी अन्तर्गत सिकागोमा भएको खेलमा जमैकाका लागि १५ औं मिनेटमा जोसेफ मार्टिनेजले गरेको गोल नै निर्णायक गोल बन्यो ।
भेनेजुएलाले अहिलेसम्म खेलेका कोपाको ५९ खेलमा यो छैटौं जित हो भने जमाइकाको चौथा हार हो । जमैकालाई खेल अवधिभर भेनेजुएलालले दबाबमा राखेको थियो ।
२३ औं मिनेटमा रोडोल्फ अस्टिन रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित जमैका थप दवावमा परेको थियो ।
प्रतियोगिता अन्तरगत आजै बिहान सम्पन्न अर्को खेलमा मेक्सिकोले उरुग्वेलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
एरिजोनामा सम्पन्न खेलको चौथो मिनेटमा उरुग्वेका परेराले आत्मघाती गोल गरेपछि पाएको उपहार गोलबाट मेकिसकोले अग्रता लिएको थियो ।
त्यसपछि ८५ औं मिनेटमा आर माक्र्वेज र ९२ औं मिनेटमा हरेराले गोल गरेपछि मेक्सिको ३–१ ले विजयी भएको हो । उरुग्वेका लागि डिएगो गोडिनले सान्त्वना गोल फर्काए ।