प्रहरी महानिरीक्षक अर्याल प्रहरी प्रमुख सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक अर्याल प्रहरी प्रमुख सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता

  • सोमवार, जेष्ठ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, जेठ २४
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अमेरिकामा भएको संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुख सम्मेलनमा सहभागी भई हिजो राती स्वदेश फर्कनु भएको छ ।जेठ २० देखि २१ गतेसम्म अमेरिकामा संचालन भएको संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुख सम्मेलनमा सहभागी ह’न जेठ १६ गते त्यस तफै प्रस्थान गन”’भएका अर्याल हिजो राती स्वदेश फर्कनु भएको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कुरा गर्दै प्रहरी महानिरीक्षक अर्यालले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न परिचालित युएन प्रहरीलाई आगामी दिनमा थप मुलुकहरुमा आवश्यक परेको खण्डमा प्रभावकारिताका साथ परिचालन गर्ने निर्णय उक्त कार्यक्रममा गरिएको बताउनु भयो ।

नेपालको तर्फबाट मन्तव्य राख्नेक्रममा शान्ति स्थापनामा बिश्वका सम्पूर्ण मुलुकले गर्ने योगदानमा नेपालको स्थान छैठौं रहेको, संयुक्त राष्ट्र संघमा नेपालको बुहद लगानी रहेको सन्दर्भ राखिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघमा प्रहरी अधिकृत तथा जवानहरुको संख्यात्मकमात्र होइन, पदीय हिसाबले पनि उच्च व्यवस्थापकीय पदहरुमा प्रतिनिधित्व हुनेपर्ने कुरा सम्बोधनका क्रममा आफूले उल्लेख गरेको बताउुन भयो ।

कार्यक्रममा उहाले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा संयुक्त राष्ट्र संघले शान्ति स्थापनार्थ परिचालन गरेको युएन प्रहरीलाई अझ बढी प्रभावकारी कसरी बनाउन सकिन्छ, त्यसका चुनौतीहरु के कस्ता छन् समधान के गर्न सकिन्छ भन्ने बिषयमा बृहद छलफल भएको बताउुन भयो ।
सो सम्मेलनमा विश्वका १ सय १० देशका प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा आपसी सूचनाहरुको समन्वय गर्ने, सूचना आदान प्रदान गर्ने, समस्या र त्यसका समाधानका बिषयमा छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको र सबै प्रतिनिधिहरुबीच बृहद अन्तरक्रियाका साथ सम्मेलन समाप्त भएको उहाँले बताउुन भयो ।

साथै शान्ति स्थापनार्थ गरिएका कार्यहरुका प्रभावकारिता कसरी बढाउन सकिन्छ, द्वन्द्वग्रस्त मुलुकमा महिला तथा बालबालिकाहरुलाई विभेद हटाउन कसरी सकिन्छ, त्यसमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन कसरी सकिन्छ जस्ता व्यावसायिक बिषयमा समेत छलफल केन्द्रित रहेको उनले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ