भविश्यमा पृथ्वी जीवरहित हुने खतरा छ  : प्रधानमन्त्री

भविश्यमा पृथ्वी जीवरहित हुने खतरा छ  : प्रधानमन्त्री

  • आइतवार, जेष्ठ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,२३ जेष्ठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय पक्षको अध्ययन गरेर मात्र विकासका कामलाई अघि बढाउनुपर्ने बताउनु भएके छ ।

विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाले विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले सरकारसँगै जनताले पनि सचेत भएर वातावरण संरक्षणका गतिविधिमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

उहाले कार्बन उत्सर्जन र पृथ्वीको तापमान वृद्धि गरिब मुलुकका जनताले चुलोमा दाउरा बालेर नभई विकसित देशको प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन तथा गतिविधिका कारण भएको धारणा राख्नुभयो ।

सामुद्रिक प्रदूषण र हिउँ पग्लिने समस्याका कारण समुद्री तटमा बस्ने जनता बढी मारमा परेको बताउँदै प्रधानमन्त्री ओलीले भविश्यमा पृथ्वी नै वनस्पति र जीव रहित नहोस् भनने चाहना रहेको बताउनु भयो ।

कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीले वातावरण संरक्षणका लागि समितिले सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै उक्त कार्य भएकोरनभएको बारेमा अनुगमनसमेत गर्दै आएको जानकारी दिनुभयो ।

वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरण संरक्षणलाई दिवससँग मात्र नजोडेर दैनिक जीवनसँग गाँसेर हेर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका निमित्त नेपाल निर्देशक सोफी केम्खाद्जे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर रामप्रसाद चौधरीले वातावरण संरक्षणका लागि गर्नुपर्ने काम र जलवायु परिवर्तनबाट हुने नकारात्मक असरबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा वातावरण संरक्षणमा योगदान र्पुयाउने व्यक्ति र सङ्घसंस्थालाई पुरस्कृत गरिएको थियो । राष्ट्र सङ्घको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवसका रुपमा मनाइँदै आइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ