काठमाडौ २३ जेठ ।
कोपा अमेरिका फुटबल प्रतियोगितामा खेलमा हैटी पेरुसँग १–० गोल अन्तरले पराजित भएको छ । वासिङ्टनमा सम्पन्न खेलमा पेरुका लागि पाउलो ग्युइरेरोले गरेको गोल नै निर्णयक बन्यो
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको पेरुकका लागि गुरेरोले ६१ औं मिनेटमा गोल गरे । समूह बीमा रहेको पेरुले जितसँगै तीन अंक जोडेको छ ।
यस्तै प्रतियोगिता अन्तरगत आजै बिहान सम्पन्न पहिलो खेलमा कोस्टारिका र पाराग्वे बराबरीमा रोकिएका छन् । फ्लोरिडामा सम्पन्न खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन् ।
समूह एमा रहेको पाराग्वेले गोल गर्ने केही राम्रो अवसर पाएपनि सदुपयोग गर्न भने सकेनन् । पाराग्वेका जर्ज बेनिटेजले खेलको सुरुवातमा गोल गर्ने सुन्दर मौका गुमाएका थिए ।
कोस्टा रिकाका ब्रायन रुइजले पहिलो हाफमा गरेको हेडर गोल हुनबाट चुकेको थियो । अतिरिक्त समयमा केन्डल वास्टन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोस्टारिका इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको थियो ।