क्रिकेट खेलाडी संघको अध्यक्षमा अग्रवाल

क्रिकेट खेलाडी संघको अध्यक्षमा अग्रवाल

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं,२२ जेठ ।

क्रिकेट खेलाडी संघको अध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन् । संघको आज किर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानको हलमा भएको साधारण सभाले अग्रवालको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का महासचिव भएका छन् ।
क्रिकेट खेलाडीहरुको हक हितमा काम गर्न गठन भएको सघंको पूर्व कप्तान विनोद दास र सीता रानामगर उपाध्यक्ष छन् भने महासचिवमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का छन् ।

अनिल मण्डल सचिव र पृथु वास्कोटा कोषाध्यक्ष छन् । राजु वस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी सदस्य छन् ।

नयाँ कार्यसमितिको समितिको कार्यकाल दुई वर्षको हुनेछ । क्रिकेट खेलाडी संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गैर नाफामूलक सामाजिक संस्थाका रूपमा दर्ता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी