काठमाडौं ,२२ जेठ ।
नेपाली कांग्रेसको निर्वाचन समितिले सात जिल्लालाई असार पहिलो साताभित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जेठ २५ देखि असार पहिलो सातासम्ममा निर्वाचन गर्न निर्देशन दिएको हो ।
कांग्रेसले महाधिवेशन सकिएको चार महिनासम्म पनि तराई मधेसका तीनसहित सात जिल्ला र एक क्षेत्रको चुनाव हुन सकेको छैन ।
चुनाव हुन नसकेका जिल्लाहरुमा सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सा, बझाङ र कञ्चनपुर छन् । यस्तै धनुषाको क्षेत्र नम्बर ५ को पनि चुनानव हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline