कोपा अमेरिका फुटबलमा कोलम्बियाको विजयी सुरुवात

कोपा अमेरिका फुटबलमा कोलम्बियाको विजयी सुरुवात

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ ,२२ जेठ ।
ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबलको ४५औं संस्करण आजबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकालाई २–० गोल अन्तरले पराजित गर्दै कोलम्बियाले विजयी सुरुवात गरेको छ । कोलम्बियाका लागि जेम्स् रेड्रिग्वयज र जापाटाले एक एक गोल गरे ।

खेलको ८ औं मिनेटमा जापाटाको गोलबाट अग्रता लिएको कोलम्बियाका लागि ४२ औं मिनेटमा कप्तान रोड्रिग्वेजले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र कोलम्बिया २–० ले विजयी भयो । घरेलु दर्शकको साथ पाएको अमेरिकाले भने गोल गर्ने केही राम्रा मौका पाएपनि सदुपयोग गर्न सकेन ।

आगामी असार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दक्षिण अमेरिकी फुटबल महासंघ काफमा आबद्ध १० राष्ट्र ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया, भेनेजुएला, इक्वेडर र पेरु सहभागी छन् ।

यसैगरी, उत्तर अमेरिकी तथा क्यारेबियन राष्ट्रहरुको समूह कोन्का काफका ६ राष्ट्र अमेरिका, मेक्सिको, पानामा, जमैका, कोस्टारिका र हाइटी पनि प्रतियोगितामा सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी