५ वर्षमा फिफाका ३ जनालाई ८ अर्ब बोनस 

५ वर्षमा फिफाका ३ जनालाई ८ अर्ब बोनस 

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी ,२२ जेठ  ।

फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका तीन पूर्व उच्च अधिकारी सेप ब्लाटर, जेरोम भाल्का र मार्कस काट्नरले ८ करोड अमेरिकी डलर बोनस लिएको खुलेको छ ।

फिफाका वकिलले फिफाका पूर्व अध्यक्ष ब्लाटर, पूर्व महासचिव भाल्का र बर्खास्तीमा परेका पूर्व वित्त प्रमुख काट्नरले सन् २०११ देखि २०१५ को बिचमा तलब बृद्धी तथा बोनस गरी ८ करोड अमेरिकी डलर (झण्डै ८ अर्ब नेपाली रुपैयाँ) लिएको बताएका हुन् ।

स्वीस प्रहरीले बिहीबार काट्नरको पुरानो कार्यालयमा गरेको छापाको क्रममा भेटिएका कागजातबाट यस्तो खुलेको हो । फिफाले भ्रष्टाचार आरोपमा ब्लाटर र भाल्कासहितका पूर्व अधिकारीमाथि छानबिन गरिरहेको छ ।
त्यही क्रममा काट्नरको कार्यालयमा छापा मारिएको हो ।
ब्लाटर ६ तथा भाल्का १२ वर्षका लागि फुटबल सम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लागेको छ । काट्नरको कार्यालयबाट कागजात तथा त्यसको इलेक्ट्रोनिक कपी बरामद गरिएको र अहिले छानबिन चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी