वैकल्पिक राजनीतिका लागि नयाँ शक्तिमा आउन युवालाई बाबुरामको अपिल

वैकल्पिक राजनीतिका लागि नयाँ शक्तिमा आउन युवालाई बाबुरामको अपिल

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

ललितपुर, २१ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलेदेशमा विद्यमान पट्यारलाग्दो अवस्था चिर्दै विकास र समृद्धिको नेतृत्वगर्न सक्षम युवाहरु राजनीतिमा आउनुपर्ने बताउनुभएको छ ।

नयाँ शक्ति अन्तरिम जिल्ला परिषदले शुक्रबार ललितपुरमा आयोजना गरेको वृहत अन्तरक्रियालाई सम्बोधन गर्दै संयोजक भट्टराईले परिवर्तनकारी र मुलुकको समृद्धि र प्रगति चाहनेहरुलाई नयाँ शक्ति निर्माण अभियानमा सहभागी हुन आव्हान पनि गर्नुभयो ।
‘समय परिवर्तनशील छ, हरेक कुरा जन्मिन्छ, हुर्कन्छ र मर्छ,’ उहाँले भन्नुभयो, ‘यही प्रक्रियामा पुराना दलहरुको विकल्पमा नयाँ शक्ति वैकल्पिक राजनीतिको रुपमा अगाडि आएको हो ।’ नयाँ शक्ति नयाँ सोच, नयाँ ढंग र नयाँ चिन्तनका साथ समाज परिवर्तन गर्नेगरी वैकल्पिक राजनीतिक धार निर्माणमा सक्रिय रहेको उहाँले बताउनुभयो ।
‘उमेरमा त म बुढो भएँ, तर नयाँ विचार लिएर नयाँ शक्ति निर्माणमा सक्रिय छु,’उहाँले भन्नुभयो, ‘अब यो प्रक्रियाको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ, सक्षम पुस्ताले गर्नुपर्छ ।’

अबको राजनीति विकास र समृद्धिलाई केन्द्रमा राखेर हुने भन्दै संयोजक भट्टराईले समय परिवर्तनशील भएकोले हामीले पनि समयअनुसार परिवर्तित हुनसक्नुपर्ने उहाँको तर्क थियो । ‘नेपाली समाज पनि नयाँ अवस्थामा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ अवस्थामा ज्ञान र विज्ञानको सहायताले समाजको गाँठो फुकाएर समृद्धिको नेतृत्व गर्नुपर्छ ।’

समाज नयाँ अवस्थामा पुगेपनि परम्परागत राजनीतिक पार्टी र नेतृत्व पुरानै पाराले अगाडि बढिरहेको र यसरी मुलुक अगाडि बढ्न नसक्ने उहाँको तर्क थियो । नयाँ शक्ति नेपालका अन्तरिम जिल्ला परिषद संयोजक रोशन पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ