शसस्त्र लडॉई र जनविद्रोहको सयोंजनले मात्र क्रान्ति निष्कर्षमा पुग्छः विप्लव

शसस्त्र लडॉई र जनविद्रोहको सयोंजनले मात्र क्रान्ति निष्कर्षमा पुग्छः विप्लव

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 32.1K
    SHARES

जेठ २१, दाङ्ग । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले २०६२/०६३ पछिको आन्दोलन पश्चातको सम्झौता अनुरुप देश रुपान्तरणमा नगएको बताउनु भएको छ ।
कुनै पनि सम्झौता पालना नभएकाले देशलाई अर्को नयाँ आन्दोलनको आवश्यकता भएको बताउदै उनले यसलाई कसैले रोक्न नसक्ने बताउनु भयो ।
सबैले गरेका सहमतीहरु पालना नभएको भन्दै विप्लवले राज्य रुपान्तरणको मामिला सभ्याताको लडाइ भएकाले यतिबेला देशमा भएको भ्रष्टाचार, अनियमितता, दलालीकरणले देशलाई कुनैपनि हालतमा उभो नलाउने दावी गर्नु भयो ।
छलफल चौतारीले घोराहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विप्लवले आफुहरुले नयाँ संश्लेषणका साथ एकिकृत क्रान्तिको कार्यदिशा पास गरेको बताउदै जनविद्रोह तथा शसस्त्र लडाई कुनै एकले मात्रै क्रान्ति सहि निष्कर्षमा नपुग्ने बताउनु भयो ।
एकिकृत क्रान्तिलाई प्रष्ट्याउदै विप्लवले नयाँ समाजको विकास भएर गाउँ र शहरको खाडल हराउदै गएको, नयाँ वर्गको विकास भएको, विज्ञान र प्रविधि सहितको रुपान्तण आवश्यक भएको, सामाजिक रुपान्तरणका लागि गरिव र धनिलाई समेट्नुपर्ने भन्दै देशभक्त, लोकतन्त्रवादी र कम्यूनिष्टहरु एक भएर लाग्नु पर्ने पनि बताउनु भयो ।
माक्सको विश्लेषण तथा अनुसन्धान कम्यूनिष्टको मात्रै हैन त्यो सबैका लागि मान्य हुने भएकाले त्यसको सबैले पालना गर्नुपर्ने बताएका उनले वैज्ञानिक समाजवाद भित्र सबैलाई समेटेर लिनुपर्ने बताउनु भयो ।
देश यतिबेला विदेशी रेमिट्यान्सले मात्रै धानेको भन्दै विप्लवले देशलाई आत्मनिर्भर बनाउनेगरी सोच्नेबेला आएको र त्यो वर्तमान सत्ताले पुरा नगर्ने महासचिव विप्लवको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ