जेठ २१
कोपा अमेरिका फुटवल प्रतियोगिताको ४५औं संस्करण नेपाली समय अनुसार भोलि बिहान देखि सुरु हुँदैछ ।
अमेरिकाका विभिन्न १० सहरमा हुने यो प्रतियोगिता लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।
प्रतियोगिताकोे उद्घाटन खेलमा आयोजक अमेरिकाले कोलम्बियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार भोली बिहान सवा ७ बजे देखि सुरु हुनेछ ।
१६ टोली सहभागी रहने प्रतियोगिताको यो संस्करण आगामी असार १२ गतेसम्म सञ्चालन हुनेछ ।
दक्षिण अमेरिकी फुटबल महासंघ (काफ)मा आबद्ध सबै १० राष्ट्र ब्राजिल, अर्जे्न्टिना, कोलम्बिया, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया, भेनेजुएला, इक्वेडर र पेरु प्रतियोगितामा सहभागी छन् ।
यसैगरी, उत्तर अमेरिकी तथा क्यारेबियन राष्ट्रहरुको समूह (कोन्का काफ)बाट ६ राष्ट्रहरु अमेरिका, मेक्सिको, पानामा, जमैका, कोस्टारिका र हाइटी पनि यो पटक सहभागी छन् ।
यस अघिको साविक विजेता राष्ट चिली हो ।