बिप्लब माओवादीको बन्दका कारण ताप्लेजुङ लगायत मेची अञ्चलको जनजीवन प्रभावित

बिप्लब माओवादीको बन्दका कारण ताप्लेजुङ लगायत मेची अञ्चलको जनजीवन प्रभावित

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२१ जेष्ठ, ताप्लेजुङ ।

झुटा मुद्धा लगाएर राज्यले नियन्त्रणमा लिएका आफ्नो कार्यकर्तालाई बिनासर्त रिहाईको माग राखी विप्लब माओवादीले गरेको मेची बन्दका कारण आज ताप्लेजुङको फुङलिङ बजार लगायत मेची अञ्चलका जिल्लाहरू पूर्ण रुपमा प्रभावित बनेका छन् ।

मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, ईलाम र झापाको सदरमुकाम र बजारमा शैक्षिक संस्था, यातायात, उद्योगधन्दा, पसलहरू पूर्ण रुपमा बन्द भएका छन् । मेची अञ्चलको जनजीवन प्रभावित भएको छ । यातायातको कुनै पनि साधन चलेका छैनन् ।

देशमा व्यप्त भ्रष्टचार, कालो बजारी, महंगी लगायत राष्टियता कमजोर भएको अवस्थामा जनघात विरुद्धको संघर्षको क्रममा झापा जिल्ला सेक्रेटरी लगायत विभन्न स्थानबाट आफ्नो कार्यकर्तालाई झुटो मुद्धा लगाई पक्राउ गरी जेल हालिएकोले कार्यकर्ता रिहाईको माग राख्दै नेकपा माओवादीले आज चितवन, धादिङ र मेची अञ्चल बन्द गरेको हो ।

देशमा समानन्तर सरकार, कार्यपालिका, न्यायपालिका र सेनाको सार्वजानिकिकरण जेठ ७ गते गरेको माओवादीले जेष्ठ २७ गते पुनः नेपाल बन्दको आव्हान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ