काठमाडौ २१ जेठ ।
आज बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।
बिहान ५ बजेर १० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का सिन्धुपाल्चोक लगायत आसपासका जिल्लाका साथै काठमाडौं उपतयकामा समेत महसुस गरिएको थियो ।
विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
गएको वर्ष वैशाख १२ यता हालसम्म ४ रेक्टर भन्दा माथिका ४ सय ६० भन्दा बढी परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline