अखिल क्रान्तिकारीको निसानामा सिविएस वोर्डिङ

अखिल क्रान्तिकारीको निसानामा सिविएस वोर्डिङ

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

जाजरकोट, २० जेठ ।

जिल्ला सदरमुकाम खलंगामा विहीवार आयोजित अन्तरक्रिया कार्यक्रममा संगठनको निसानामा सिविएस वोर्डिङहरु परेको अखिल (क्रान्तिकारी) ले वताएको छ ।
विद्यार्थीहरुवाट महङ्गो शुल्क उठाएर नाफामुखी शैक्षिक व्यापार गर्ने, भारतिय पाठ्यक्रम पढाए नेपाली राष्ट्रिय नै हट्पन खोज्ने दलाली शिक्षण संस्था भएको भन्दै सिविएस वोर्डिङहरु संगठनको निसानामा परेको अखिल क्रान्तिकारीले वताएको छ ।

विहीवार सदरमुकाम खलंगामा अखिल (क्रान्तिकारी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले संगठनले सञ्चालन गरेको संघर्षको निसानामा नेपालमा सञ्चालित सिविएस वोर्डिङ र शैक्षिक परामर्शदाताहरु पर्ने वताए ।

नेपालमा हाल विभेदकारी शैक्षिक नीति भएको भन्दै अध्यक्ष सिंहले अखिल (क्रान्तिकारी) ले नेपालको कर्पोरेट शिक्षा प्रणालीका विरुद्ध सशक्त संघर्ष गर्ने तर्क गरे । शिक्षामा आमुल परिवर्तनका लागि आम सुधार संगठनको शैक्षिक नीति रहेको चर्चा गर्दै अध्यक्ष सिहंले युनिभरसिटीका लेक्चरहरुले विश्व विद्यालयमा हाजिरी लगाएर नीजि विद्यालय सञ्चालन गर्ने गरेको खुलासा गरे ।

अध्यक्ष सिंहले सवै नीतिको माओ नीति राजनीति भएको हुदा शैक्षिक नीतिमा आमुल परिवर्तन गर्नका लागी देशको राजनीति पनि परिवतर्न हुनु पर्नेमा जोड दिए ।

राजनीति परिवर्तन एकीकृत जनक्रान्तिवाट मात्र सम्भव भएको सिंहले ठोकुवा गरे । एकीकृत जनक्रान्तिको आधारभुत शक्ति नै मध्यवर्ती वर्ग र तप्का भएको हुदा यसमा सवैले साथ दिन आग्रह गरे । संगठनले तय गरेको कार्यक्रम अनुसार जाजरकोट आई पुगेका अध्यक्ष सिंहले शैक्षिक व्यपारवाट आर्जन गरेको अकुत सम्पतिवाट सत्ता र संसद खरिद गर्ने गरेको वताए ।

उनले अहिलेका शिक्षा मन्त्री नै सिविएस वोर्डिङहरुवाट खरिद भएको आरोप लगाए । अन्तक्रिया कार्यक्रममा धाराणा राख्दै सन् २००१ मा सवैका लागि शिक्षा भन्ने राज्यले वनाएको शैक्षिक नीति जस्तै सन् २०१५ पछि गुणस्तरिय शैक्षिक नीति निर्माणको प्रक्रियामा भएको हुदा अव वन्ने देशको शैक्षिक नीति निर्माणमा अखिल (क्रान्तिकारी) ले ध्यान दिनु पर्ने नागरिक समाज अगुवा राजेन्द्र विक्रम शाहले वताए ।

प्लस टु मा अध्ययनरत विद्यार्थीहरुवाट शुल्क उठाएर नेपालगञ्ज, सुर्खेतमा प्राचार्यले जग्गा खरिद गर्ने, घर हाल्ने गरेको हुदा त्यतातिर पनि विद्यार्थी संगठनको ध्यान जानु पर्ने पत्रकार भीमबहादुर सिंहले वताए ।

विद्यार्थीको छात्रवृद्धीवाट शिक्षकलाई तलव खुवाएर सञ्चालनमा रहेका विद्यालयको समस्यालाई पनि नजिकवाट अध्ययन गर्नु पर्ने पत्रकार सिंहले तर्क गरे । त्यसैगरी व्यवसायिक दक्षता हाशिल गर्न नसकेका शिक्षकहरुको बहँु पेशामा सम्लग्न भएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले वताए ।

सुन्दर शिक्षण पेशालाई कतिपय शिक्षकहरु बहँु पेशामा सम्लग्न भएर पेशालाई कुरुप वनाएको शिक्षा अधिकारी सिंहले गुनासो गरे । प्राकृतिक सुन्दरताले सजिएको जिल्लामा कार्यरत शिक्षकहरु नै जिम्मेवार वन्न सकेमा जाजरकोट जिल्ला शैक्षिक पर्यटक जिल्ला वन्न सक्ने शिक्षा अधिकारी सिंहले विस्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी