माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अष्ट्रेलिया जादै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अष्ट्रेलिया जादै

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ, २० जेठ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आगामी असार ८ गते अष्ट्रेलिया जानुहुने भएको छ । माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनमा भाग लिनका लागि उहाँसहितको टोली त्यसतर्फ जान लागेको हो ।

नयाँ संविधान जारी भएपछिको दाहालको यो पहिलो बिदेश भ्रमण हो । दाहाल ’प्रगतिशील मञ्चको अधिवेशनमा सहभागी हुनुहुनेछ । यस्तै एक कार्यक्रमलाई सम्वोधन गर्नु हुनेछ,

उहाँले अष्ट्रेलियाली प्रधानमन्त्री लगायत अन्य राजनीतिक दलका नेताहरुसँग भेटघाटको कार्यक्रम बनाउने प्रयास पनि भइरहेको पनि जनाईएको छ । असार ८ गते अष्ट्रेलिया प्रस्थान गर्ने दाहाल असार १३ गते मात्रै स्वदेश फर्कनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ