काठमाडौ, जेठ २०
आज बिहान अमेरिकाको क्यालिफोर्नियामा भएको मैत्रीपूर्ण फूटबलमा चिली पराजित भएको छ । खेलमा चिली मेक्सिकोसँग १–० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको अन्तिम समयसम्म दुवै तर्फबाट गोल हुन सकेको थिएन ।
८६ औं मिनेटमा हर्नान्डेजले मेक्सिकोका लागि विजयी गोल गरे । गएको वर्षको कोपा अमेरिका फुटबलको विजेता चिली खेलको तयारीमा रहेको छ ।आउँदो शनिबारदेखि सुरु हुने कोपा अमेरिका फुटबलमा १६ अमेरिकी देश सहभागी हुने छन् । चिली कोपा अमेरिका फ’टवलको गत वर्षको विजेता टोली हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline