माओवादी केन्द्रको केन्द्रिय समिति १ हजार ९९ ,स्थायी  र पोलिटब्युरोको आकार पनि बढ्यो

माओवादी केन्द्रको केन्द्रिय समिति १ हजार ९९ ,स्थायी  र पोलिटब्युरोको आकार पनि बढ्यो

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,२० जेठ ।
नेकपा माओवादी केन्द्रले पार्टी व्यवस्थापनका लागि भन्दै १ हजार ९९ सदस्यीय जम्बो केन्द्रिय समिति बनाएको छ ।

पार्टी कार्यलय कोटेश्वरमा आज बसेको पोलिटब्युरो बैठकले अन्तिम समयमा आएर ६ सय ९९ केन्द्रिय सदस्यमा थप गरि एक हजार ९९ बनाउने निर्णय गरेको हो ।

यसअघि ९ सय ९९ सदस्यीय केन्द्रिय कमिटि बनाउने जनाएको माओवादीले आज चर्चामा आएको भन्दा सय सदस्यीय थप गरेको माओवादी प्रवत्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

केन्द्रको आज बसेको पोलिट्व्युरो बैठकले यसअघिको ६ सय ९९ सयमा ४ सय सदस्य थप गर्दै १ हजार ९९ सय सदस्यीय आयोजक समिति गठन गरेको भुसालले बताउनु भयो ।

महाधिवेशन आयोजक समितिको संख्या बढेसंगै स्थायी समिति र पोलिट्व्युरोको आकार पनि बढेको छ । बैठकले ८५ सदस्यीय स्थायी समिति र २ सय ५५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ ।

यअसघी ७५ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय पोलिट्व्युरो बनाउने सहमति भएको थियो । १ हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा ९ सय ९९ सय सदस्यको नाम टुङ्गो लागिसकेको र बाँकी १ सय भने पछि पूर्ति गर्नेगरि खाली राखिएको प्रवक्ता भुषालले जानकारी दिनुभयो ।

पार्टीको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुङ्गो लगाउन गठित वर्षमान पुन नेतृत्वको कार्यदलले प्रस्तावका आधारमा स्थायी, पोलिट्व्युरो र महाधिवेशन आयोजक समितिलाई अन्तिम रुप दिइएको भुसालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ