काठमाडौं ,जेठ २०।
डोटीमा हँसिया प्रहारबाट एक युवकको हत्या गरिएको छ। हत्या हुनेमा डोटीको महादेवस्थान–८ बस्ने २२ वर्षीय रणबहादुर रोकाया रहेका छन् । रोकायाको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
उनी माथि सोही ठाउँ निवासी ३२ वर्षीय भीमबहादुर रोकायाले हँसिया प्रहार गरी हत्या गरेका हुन ।
हँसिया प्रहारबाट घाइते भएका रणबहादुरलाई उपचारका निम्ति कोहलपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गाउँमा भएको सामान्य विवादका कारण भीमबहादुरले रणबहादुरमाथि हँसिया प्रहार गरेका थिए । मृतकको लास जिल्ला अस्पताल डोटीमा शवपरीक्षणका निम्ति राखिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline