काठमाण्डौ ,२० जेठ ।
पार्टीको सचिवालय तथा केन्द्रिय समिति बिस्तारको निर्णय अनुमोदनका लागी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठक बसिरहेको छ ।
पार्टी कार्यलय कोटेश्वरमा जारी बैठकले केन्द्रिय समिति सदस्य ९ सय ९९ सदस्यीय बनाउने हेड्क्वटर बैठकको निर्णयलाई अनुमोदन गर्ने पार्टी प्रवत्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
भुसालका अनुसार बैठकले पार्टीको स्थाई समिति ,पोलिटब्युरो र महाधिवेशन आयोजक समितिको सङख्याको बिषयमा टुङगो लगाउने छ ।
यसअघि दुई सय ४१ सदस्यीय ४१ सदस्यीय पोलिटब्यरो बनाउने प्रस्ताव हेडक्वाटरले पारीत गर्ने उहाले बताउनु भयो । हिजो बसेको हेडक्वाटर बैठकमा ७५ सदस्यीय स्थाई समिति र दुई सय ४१ पोलिटब्युरो बनाउने प्रस्ताव पेस भएको थियो ।
पोलिटब्यरोमा रहने सबैको नामा तय भईसकेको बताईएको छ । बैठकमा ९ सय ९९ सदस्यीय केन्द्रिय सदस्य बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । पार्टी संगठनात्मक बिधि र नेतृत्व प्रणालीबारे टुङगो लगाउन गठित नेता वर्षमान पुन नेतृत्वको कार्यदलले यसअघिको ६ सय ९९ सदस्यमा तीन सय थप गर्दै ९ सय ९९ सदस्यीय बनाउने प्रस्ताव पेस गरेको छ ।