जेष्ठ १९ काठमाण्डौं । नेपाली काँग्रेसका नेताले मुलुकलाई अस्थिरताबाट निकास दिन कॉग्रेस सक्षम भएको बताएका छन् ।
प्रजातन्त्र संबद्र्धन केन्द्रले आज अनुपम फुडल्याण्डमा गरेको नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली कॉग्रेसको भावी कार्यदिशाा विषयक विचार गोष्ठीमा बोल्दै नेपाली कॉग्रेसका महामन्त्री डा शशांक कोइरालाले बामपन्थीहरु धुब्रिकरण हुदै गएकोे बेलामा बामपन्थीप्रति विश्वास गर्नु घातक भएको बताउनु भयो ।
उहाले दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँ‘ग्रेस एक भएर गएको भए ६० प्रतिशत सिट ल्याउने उल्लेख गर्दे उहाले लोकतन्त्र र राष्ट्रियता प्रति काग्रेस प्रतिवद्ध रहेको बताउनु भयो ।
नेता कोइरालाले नेपाली काँग्रेसको इतिहास, विचार र कार्यकर्तासँग भएकाले सुन्दर पार्टी भएको भन्दै कार्याकर्ताहरु कमजोर भएका कारण पार्टी कमजोर भएको बताउनु भयो ।
महामन्त्री कोइरालाले बौद्धिक व्याक्तित्वले कार्यकर्तालाई नेपाली काँग्रेसको इतिहास र विचार सिकाउनु आवश्यक रहेकामा जोड दिनु भयो ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले एउटा आन्दोलनले ल्याएको उपलब्धी हाँसिल गर्न नपाउँदै अर्को आन्दोलनमा लाग्दा देश पछाडि परेको बताउनु भयो ।
उहाँले पहिलो संविधानसभामा कम्युनिष्टहरुको चारपटक सरकार बन्दा पनि संविधान निर्माण हुन नसक्नु दुखद कुरा भएको बताँउदै काँग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो ।
उहॉले वजेटमा ओली सरकारले केही नयाँ कुरा नल्याएको भन्दै सबै काँग्रेस सरकारको वजेटलाई पच्छाएको बताउनु भयो ।
नेपाली काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधीले गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता, समावेशीता र मिश्रित निर्वाचन प्रणाली नेपाली काँग्रेसको सिद्धान्त भएको बताउदै सबै कुरालाई संविधानले समेटेको बताउनु भयो ।
उहाले एमालेले राष्ट्रवादको विषयमा गलत परिभाषा र प्रचार गरेर मधेशलाई उपेक्षा गरेको तर्क गर्नु भयो ।