काठमाडौं, १९ जेठ । केही दिन अघि कार्यकर्ताहरुको एउटा भेलामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए “ मने तपाईहरु यो ६ सय ९९ केन्द्रीय सदस्यलाई धेरै देखिरहनु भएको छ , मलाई लाग्छ यो त अझै पुगेको छैन , ४ हजार गाविसहरु छन् सबैमा एक एक केन्द्रीय सदस्य भए भने के हुन्छ ? ” मुस्कुराउदै उनले यसो भने पछि कोही कार्यकर्ता हासे त कोहीले मुख खुम्च्याए ।
अहिले त्यसबाट पनि बढेर ९ सय ९९ बनाउने निर्णय पछि अझ पूर्व एमाओवादी भित्रका कार्यकर्ताहरु असन्तुष्ट बनेका छन् ।
उनीहरुले सार्वजनिक रुपमै सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।
बादलसगै गएका जिल्ला कमिटि सदस्य मात्रै भएका , विप्लव माओवादीबाट जिल्ला कमिटि बाटै पनि कार्बाहीमा परेर छाडेका सबै साधारण सदस्य समेत केन्द्रीय सदस्यको हैसियत पाए पछि मख्ख परेको एक कार्यकर्ताले बताए ।
माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले अब त आफूहरुलाई केन्द्रीय सदस्य भनेर मुख देखाउन समेत लाज लाग्न थालेको भन्दै यो अध्यक्षले के गरेको हो बुझ्न सकिएन भन्दै चिन्ता जनाएका छन् ।
प्रचण्ड बादलले भने अब केन्द्रीय सदस्यको हैसियत दिईएकाहरुलाई राष्ट्रिय सम्मेलन सम्मका लागि टिकाउने र गाउमा पठाउने सोही बलमा स्थानीय निकायको चुनाव जित्न प्रयत्न गर्ने र त्यस पछि सम्मेलन पछि केन्द्रीय समिति सीमित आकारको बनाउने सहमति गरेको बुझिएको छ ।
बुधबार नेकपा माओवादी केन्द्रले संस्थापन पक्षबाट तीन सय थप गरी ९ सय ९९ सदस्यीय केन्द्रिय समिति बनाउने निर्णय गरेको थियो ।
अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज बिहान बसेको पार्टी हेडक्वाटरको बैठकले यसअघि रिक्त एक सय सहित चार सय सदस्य थप गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
आजको बैठकले केन्द्रिय सदस्यको संख्या थप गर्ने निर्णय गरेको र भोली बस्ने पोलिब्युरो बैठकले त्यसलाई अनुमोदन गरी औपचारीक रुपमा नामावली सहित घोषणा गर्ने भुसालले बताउनु भयो ।
आजको बैठकमा पोलिटब्युरो सदस्यहरुको कार्यबिभाजन तथा सचिवालय गठन र कार्यबिभिाजनका बिषयमा पनि छलफल भएको उहाले बताउनु भयो ।
नेता वर्षमान पुन नेतृत्वको कार्यदलले पार्टी महाधिवेशन आयोजक समिति जम्बो बनाउनुको कारण र परिस्थिति समेतको व्याख्या गर्दै आयोजक समितिमा समेटिने नेताहरूको नामावली र संगठनात्मक प्रस्ताव तयार पारी हिजो नै अध्यक्ष प्रचण्डलाई बुझाईसेको छ ।
कार्यदलले सबै सदस्यको नामावली तयार पारिसकेको जनाउदै कार्यदल संयोजक पुनले आयोजक समितिमा सिफारिस भएका नेताहरूलाई एक तहभन्दा बढी एकैचोटि बढुवा नगरेको बताउनु भयो ।
हेडक्वाटर बैठकको निर्णय अनुमोदनका लागी पोलिटब्युरो बैठक भोली बिहान ११ बजेका लागी बोलाईएको छ । माओवादीले यसअघि आयोजक समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको थियो ।