बजेटबारे सभासदको मिश्रित प्रतिकृया

बजेटबारे सभासदको मिश्रित प्रतिकृया

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

जेष्ठ १९ काठमाण्डौं । आगमाी आर्थिक बर्ष २०७३ ÷०७४ को बजेटमाथि भएको सैद्धान्तिक छलफलमा धारणा राख्ने सांसदहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् ।

संसद भवन नयाबानेश्वरमा भएको संसद बैठकमा धारणा राख्दै एमाले सांसदहरुले बजेटको बचाउ गर्दै पूर्ण समर्थन गरेका छन् । भने सत्तारुढ दल नेकपा माओवादी केन्द्र , राप्रपा नेपाल , मधेशी जनाधिकार फोरम लोकतान्त्रिक तथा प्रतिपक्षी दल काग्रेसका सांसदले आलोचनात्मक समर्थन गरेका छन् ।

बजेटमाथिको सैद्धान्तिक छलफलका लागी संसद सचिवालयले आजसम्मको समय निर्धारण गरेपनि काग्रेसको अबरोधका कारण थप एक दिन लम्बिन सक्ने जनाईएको छ । बजेटमाथि धाराणा राख्न चाहने सांसदहरुको नामावली लामो भएकाले बैठक भोलीसम्म लम्बीन सक्ने सम्भावना रेहेको संसदका सह प्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

बजेटमाथिको सै्रद्धान्तिक छलफलका क्रममा सांसदहरुले धारणा राखिसकेपछि उठेका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनु हुनेछ ।

यसैबीच , छलफलमा सहभागी पूर्वअर्थमन्त्री एवम् सांसद महेश आचार्यले मुलुकको ग्रार्हस्थ उत्पादन तथा विकास बजेट कार्यान्वय गर्ने क्षमता नबढाइकन आकारमात्र बढाएर घोषणा गरिएको बजेटले आर्थिक विकास हुननसक्ने बताउनु भयो ।

उहाँले पुँजीगत खर्च अस्वभाविक रुपमा घटेका बेला ठूलो आकारको बजेट प्रस्तुत गरिएको भन्दै आलोचना गर्नुभयो ।

न्यून आर्थिक वृद्धि र लगानीको सम्भावना पनि कम भएका बेला उठाउनै नसक्ने राजस्व र वैदेशिक सहयोगको अपेक्षा गरेर प्रस्तुत गरिएको बजेट कार्यान्वयनको पाटोमा निकै चुनौती रहेको धाराणा राख्नुभयो ।

नेकपा (एमाले)का सासद रवीन्द्र अधिकारीले कृषि, रोजगार, विकास, उत्पादन र सामाजिक सुरक्षालाई महत्व दिएर आगामी आवका लागि घोषणा गरिएको बजेट नेपालको इतिहासमै नमुना बजेटका रुपमा रहने दाबी गर्नु भयो ।

पूर्वाधार विकास, मुलुकमा सडक सञ्जाल विस्तार र विद्युत् विकासमा बजेट कोसेढुङ्गा सावित हुने भनी बजेटको समर्थन र बचाउ गर्दै उहाले मुलुकको अर्थतन्त्रलाई उकास्ने मामिलामा ठूलो योगदान दिने विश्वास ब्यक्त गर्नु भयो ।

यस्तै , नेकपा (माओवादी केन्द) का नेता सुरेन्द्र कार्कीले बजेटको समर्थन गर्दै किसानलाई पेन्सन, जमिनको वर्गीकरण र द्वन्द्वपीडितलाई सेयर प्रदान गर्ने विषय भने स्पष्टरुपमा आउन नसकेको बताउनु भयो ।

गरिब र धनीलाई सोलोडोलो रुपमा एउटै डालोमा राखेर प्रस्तुत गरेर ल्याइएको बजेट कसरी समाजवाद उन्मुख हुनसक्छ भन्दै उनले प्राथमिकता क्षेत्र निर्धारण गरेर लगानी र प्रतिफल प्राप्त गर्ने्तिर राज्यले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

राप्रपा नेपालका सांसद सुशील श्रेष्ठले सत्तारुढ दलकाबीचमा प्रर्याप्त छलफलबिना बजेट ल्याइएकाले धेरै ठाउँमा त्रुटिपूर्ण रहेको भनी आलोचनात्मक समर्थन गर्नु भयो ।

बजेटले नेपाली जनतालाई विकासको कुन बाटो तर्फ लैजान खोजेको स्पस्ट नभएको, कर्मचारीको बढाइएको तलब सामाजिक न्यायका आधार नदेखिएको बताउनु भयो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद गीता क्षेत्रीले अन्तर्रा्ष्ट्रिय सिद्धान्त र मान्यता विपरित आएको बजेटमा कृषि क्षेत्रको विकास र उत्पादनमा जोड दिएको भए पनि कार्यान्वयमा सबैको सहयोग र ऐक्यवद्धता आवश्यक देखिने धारणा राख्नु भयो ।

राप्रपाका सांसद आनन्दी पन्तले सङ्घीययताको कार्यान्वयन, पूर्वाधार निर्माणका क्षेत्रलाई अघि बढाएर मुलुकलाई समृद्धि तर्फअघि लैजाने क्रममा जनप्रिय कार्यक्रमसहित आएको बजेट राम्रो भएको तर्क गर्नुभयो ।

यसअघि अर्थ समितिका सभापति प्रकाश ज्वालाले बैकिङ् कसुर तथा सजाय (पहिलो संशोधन) विधेयक, २०७१ सम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ