बजेटमाथिको स्रद्धान्तिक छलफल आज पनि जारी

बजेटमाथिको स्रद्धान्तिक छलफल आज पनि जारी

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाण्डौ ,१९ जेठ ।

ब्यवस्थापिका संसदको बैठकमा आज पनि बजेटका बिषयमा सैद्धान्तिक छलफल जारी रहेको छ । नयाबानेश्वर स्थित संसद भवनमा जारी बैठकमा आगमाी आर्थिक बर्ष २०७३ ÷०७४ को बजेटमाथि सांसदहरुले धारणा राखिरहेका छन् ।

बजेटमाथिको सैद्धान्तिक छलफलका लागी संसद सचिवालयले आजसम्मको समय निर्धारण गरेपनि प्रतिपक्षी दल काग्रेसले बैठक अबरुद्ध गरेका कारण थप एक दिन लम्बिन सक्ने जनाईएको छ ।

बजेटमाथि धाराणा राख्न चाहने सांसदहरुको नामावली लामो भएकाले बैठक भोलीसम्म लम्बीन सक्ने सम्भावना रेहेको संसदका सह प्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।
आजको छलफलमा धारणा राख्ने सांसदहरुले पनि मिश्रीत प्रतिक्रिया दिएका छन् । बजेटका सम्बन्धमा नेकपा एमालेका सांसदहरुले पूर्ण रुपमा समर्थन गरेका छन् । तर सत्तारुढ दल नेकपा माओवादी केन्द्र , राप्रपा नेपाल , मधेशी जनाधिकार फोरम लोकतान्त्रिक तथा प्रतिपक्षी दल काग्रेसका सांसदले आलोचनात्मक समर्थन गरेका छन्।

बजेटमाथिको सै्रद्धान्तिक छलफलका क्रममा सांसदहरुले धारणा राखिसकेपछि उठेका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनु हुनेछ । आजको बैठकमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले बैङकिङ कसुर तथा सजाय पहिलो संसोधन विधयक २०७१ सम्बन्धि प्रतिवेदन पेस गर्नुभएको छ ।

यसैबीच , मधेशी मोर्चाले भने आज पनि बैठक बहिस्कार गरेको छ । संसद बैठक सुरु भएलगत्तै समय माग गरेर धारणा राख्दै नेपाली जनता दलका सांसद हरिचरण शाहले आफुहरुका माग पुरा नभएसम्म सदनमा भएको छलफलमा आपुहरु नबस्ने भन्दै बहिस्कार गरेको घोषाणा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ