युरो कप फुटबल २०१६ मा भिड्दैछन् यी देशहरु,अमेरिकाद्धारा आतंककारी आक्रमण हुन सक्ने चेतावनी

युरो कप फुटबल २०१६ मा भिड्दैछन् यी देशहरु,अमेरिकाद्धारा आतंककारी आक्रमण हुन सक्ने चेतावनी

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं ,जेठ १९

१५ औं संस्करणको युरो कप फुटबल फ्रान्समा सुरू हुँदैछ । आगामी जेठ २८ देखि सुरु हुने सो युरो कपमा यस पटक २४ राष्ट्र सहभागी छन्।फ्रान्सको १० शहरमा हुने युरोकप एक महिनासम्म चल्ने छ ।यस अवधिमा ५१ खेलहरु सञ्चालन हुनेछ ।

खेलको समूह ए मा फ्रान्स, रोमानिया, अल्बानिया, स्वीजरल्याण्ड ,समूह बी मा इंल्याण्ड, रसिया, बेल्स र स्लोभाकिया, समूह सीमा जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड ,समूह डीमा स्पेन, चेक रिपब्लिक, टर्की र क्रोएसिया समूह ईमा बेल्जियम, इटाली, आयरल्याण्ड ,स्वीडेन , समूह एफमा पोर्चुगल, आइसल्याण्ड, अष्ट्रिया, हंगेरी लगायतका देशहरु रहेका छन् ।
सो युरो कपमा ५ राष्ट्रले डेब्यु गर्दैछन् भने खेलमा पूर्व विजेता ४ देश मात्रै छानिएका छन् ।३ पूर्व विजेता रहेका डेनमार्क, नेदरल्याण्ड र ग्रीस भने यो पटक खेलमा छनोट हुन असफल भएका छन् ।

यस्तै अमेरिकाले सोे युरोकप फुटबलमा आतंककारी आक्रमण हुन सक्ने चेतावनी दिएको छ । गर्मी महिनामा धेरै पर्यटक फ्रान्स जाने भएकाले त्यहाँ चरमपन्थी आक्रमण हुन सक्ने खतरा बढेको अमेरिकाको गृह मन्त्रालयले जनाएको छ ।

पर्यटकीय स्थल, रेस्टुरेन्ट, बजार, बस तथा रेलवे स्टेसनमा आक्रमणको बढी खतरा रहेको अमेरिकाले जनाएको छ ।
खेलको सुरक्षाका लागि ९० हजार सुरक्षाकर्मी खटाइने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी