माओवादी केन्द्रको हेडक्वाटर बैठक जारी

माओवादी केन्द्रको हेडक्वाटर बैठक जारी

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १९ जेठ ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य थप गर्ने बिसयलाई अन्तिम रुप दिन पार्टी हेडक्वाटर बैठक बसिरहेको छ ।

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा सुरु भएको बैठकमा केन्द्रिय कमिटलाई पूर्णता दिनुका साथै प्रदेशको कार्यबिभाजन गरिने नेतृ पम्फा भुसालले जानकारी दिनुभयो ।

आजको बैठकले नेता वर्षमान पुन नेतृत्वको कार्यदलले तयार पारेको पार्टीको संगठनात्मक प्रस्तावमाथि छलफल गरि  प्रस्तावित ९ सय ९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिने छ ।
यसअघि आयोजक समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको माओवादी केन्द्रले रिक्त एक सय सहित चार सय सदस्य थप गर्न लागेको हो ।

कार्यदलले पार्टी महाधिवेशन आयोजक समिति जम्बो बनाउनुपर्नाको कारण र परिस्थितिसमेतको व्याख्या गर्दै आयोजक समितिमा समेटिने नेताहरूको नामावली तयार हिजो साझ नै अध्यक्ष प्रचण्डलाई बुझाईसेको छ ।

बैठकले कार्यदलले दिएको सुझाबअनुसार आयोजक समितिको संख्या बढाउने, नेताहरूको नाम फाइनल गर्ने र सचिवालय र पोलिटब्युरोको संख्यासम्म टुंग्याउन सक्ने नेताहरूले बताएका छन् ।

कार्यदलले सबै सदस्यको नामावली तयार पारिसकेको जनाउर्दै कार्यदल संयोजक पुनले आयोजक समितिमा सिफारिस भएका नेताहरूलाई एक तहभन्दा बढी एकैचोटि बढुवा नगरेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ